तेस्रो मनास्लु राष्ट्रिय अवार्ड-२०७६काे नाेमिनेशन खुल्ला

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  895 पटक हेरिएको

काठमाडाैं । मनास्लु पोष्टको ३ औ वार्षिकोत्सवको अवसरमा मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टले तेस्रो मनास्लु राष्ट्रिय अवार्ड-२०७६काे नाेमिनेशन खुल्ला गरेकाे छ  ।

२०७४ सालमा स्थापित मनास्लु राष्ट्रिय अवार्ड नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्ष मनास्ल राष्ट्रिय अवार्ड-२०७६ पर्यटन,  लेखन, कला,  अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई  प्रदान गरिने भएकाे छ ।

मनास्लु पोष्टको ३ औ वार्षिकोत्सवको अवसरमा एउटा विशिष्ट समारोहमा नेपालको राष्ट्रिय जीवनमा योगदान पुर्याएका व्यक्तिलाई मनास्लु राष्ट्रिय अवार्ड प्रदान गरिने छ । मनास्लु राष्ट्रिय अवार्डलाई अवार्डसहित एक प्रशस्ती पत्रद्वारा सम्मानित गरिनेछ भने सम्मानित व्याक्तिकाे जिवनी प्रकाशन हुनेछ  ।
आफ्नो क्षेत्रमा अथक क्रियाशीलता र सेवाका लागि एक प्रेरणादायी व्यक्ति मनास्लु राष्ट्रिय अवार्डका लागि योग्य हुनेछन् । मनास्लु पोष्टले सार्वजनिक रुपमा ११ विधामा अवार्डका लागि मनोनयन गर्न आह्वान गरेकाे छ ।

११ विधामा सार्वजनिक आह्वान गरिए अनुरुप आएका प्रस्तावहरुका आधारमा यो पुरस्कारको अन्तिम छनौट मनास्लु पोष्टका अध्यक्ष एवम् समाजका लव्ध–प्रतिष्ठित महानुभावहरुको संलग्नता रहेको प्रत्येक क्षेत्रको पाँच सदस्यीय स्वतन्त्र निर्णायक मण्डल (जुरी) ले गर्नेछ ।

अवार्डलाई पाैष २७ गते नेपालका बुद्धिजीवी, नीतिनिर्माता, बरिष्ठ कुटनीतिज्ञ र ब्यापारिक समुदाय सम्मिलित एक विशिष्ट समारोहमा प्रदान गरिने भएकाे छ  । संवादलाई बढावा दिने र समझदारी बढाउने एउटा अविस्मरणीय समारोहको आयोजना गर्ने तयारीमा छौ मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनले भने ।

थप जानकारीकाे लागिः ९८५१०६७९११ वा  MANASLU TV लाई subscribe गरि हेर्नुहाेला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार