काठमाडाैं । दुबै मृगौला फेल भएर जीवनमरणको दोसाँधमा रहेकी सल्यान लेखपोखराकी बिन्दु बिकले आफ्नो जीवन बचाइदिन सहयोगको अपिल गरेकी छन् ।
सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेखपोखराकी ३२ वर्षीय बिन्दु बिकले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि यस्तो अपिल गरेकी हुन् । गत मंसिरमा एक्कासी थलिएकी बिन्दुको बाँकेस्थित भेरी अस्पतालमा उपचार गर्दा दुबै मृगौला फेल भएको र छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्ने भन्दै डाक्टर राजन पाण्डेले थप उपचारका लागि काठमाडौंको बिर अस्पतालमा रेफर गरेका थिए ।
बिर अस्पतालका मृगौला रोग बिशेषज्ञ डाक्टर अनिल बरालले चेकजाँच गर्दा दुबै मृगौला फेल भएको र छिट्टै मृगौला प्रत्यारोपण गर्न सुझाएपछि आर्थिक अभावका कारण बिन्दुको आरोग्य प्रतिष्ठान पुल्चोक ललितपुर,स्टार हस्पिटल एकान्तकुना,मृगौला उपचार केन्द्र बनस्थलीमा डायलाइसिस गरिएको थियो । हाल फागुनदेखी ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भई रहेको छ । छिट्टै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरको भनाई रहेको उनका वुवा नियम बिकले बताए ।
बिन्दुको उपचारमा हालसम्म ९ लाख रुपैयाँ सकिएको र उक्त रकम मलेसियामा रोजगार गर्ने छिमेकी र आफन्तसंग रकम जुटाएर माईतीले उपचार गरि रहेको उनका बुवा नियमले बताए ।
हाल दाङ तुल्सीपुरमा भाडाको घरमा बस्दै आएकी बिन्दुका श्रीमान कान्छी श्रीमती बिहे गरेर ९ बर्षदेखी भारतको सिमलामा बस्दै आएका छन् । दुई बर्षअघिदेखी उच्च रक्तचापबाट ग्रसित बिन्दु गत मंसिर १० गतेदेखी थलिएपछि उनका दुई छोराको बिचल्ली भएको छ । उनको उपचारमा ५० लाख लाग्ने डाक्टरले बताएपछि बिन्दुलाई बचाउन सहयोगको अपिल गरिएको बताइएको छ । उनलाई सहयोग गर्न चाहनेले मोवाइल नं. ९८६११५१४०८ र ९८४७८७२६०८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

678 पटक हेरिएको 

