नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन्।
उनले आफ्नो फेसबुकमार्फत विवाहको मिति सार्वजनिक गरेकी हुन्।
विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन्। ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन्।
‘तपाईले हामीलाई वर्षभरी दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशिर्वादको आशा गदर्छौं,’ कार्डमा उल्लेख छ।
दिपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन्। उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए।
यसअघि ऋचाले साथीहरुसँग पोखरामा ब्याचलर पार्टीसमेत मनाएकी थिइन्।

1741 पटक हेरिएको 

