यस वर्ष सिरुवा पर्व सामूहिक रुपमा नमनाउने

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  553 पटक हेरिएको

भद्रपुर (झापा) : नयाँ वर्षको प्रारम्भदेखि तीन दिनसम्म तराईका आदिवासी समुदायले मनाउने सिरुवा पर्व यस वर्ष सामूहिक रुपमा नमनाउन राजवंशी विकास प्रतिष्ठानले आफ्नो समुदायलाई आग्रह गरेको छ ।

विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको र यसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यस वर्ष सिरुवा पर्व सामूहिक रुपमा नमनाउन आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीका बताए ।

सिरुवा पर्व पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका समुदायले भेला भएर तीन दिनसम्म मनाउँछन् । पर्व सामूहिक रुपमा मनाउँदा भिडभाड हुने भएकाले सामूहिक रुपमा नमनाउन आग्रह गरिएको अध्यक्ष राजवंशीले बताए ।

‘सिरुवा आदिवासी समुदायको महान् चाड भए पनि यस वर्ष हर्षोल्लासका साथ मनाउने अवस्था छैन,’  उनले भने, ‘सिरुवा मनाउँदा कोरोनाका कारण आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न त्यस्तो आग्रह गरेका हौं ।’

कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरू यसबर्ष स्थगित गरिएको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताए।  सिरुवा पर्व तीन दिनसम्म मनाउने प्रचलन छ। वैशाख १ मा पानी सिरुवा, २ मा काद सिरुवा र ३ मा रङ सिरुवा गरी सामूहिक रूपमा मनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार