सीमा निगरानी चौकी व्यवस्थापनमा जुटे सशस्त्र प्रहरी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  677 पटक हेरिएको

छाङरु (दार्चुला), जेठ २ गते । सरकारले नेपाल–भारत सीमाक्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (बीओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ चौकी स्थापना गरिएकाे थियो ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दूमा नेपाली सुरक्षाकर्मी तैनाथ गरिएकाे हो । छाङरूबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवाक्षेत्र छाङ्गरुदेखि झण्डै पाँच किलोमिटरको दूरीमा पर्छ । यस्तै छाङ्गरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ ।

गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बीओपीस्थलको हवाई निरीक्षण गर्नुभएको थियो भने गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार