प्रधानमन्त्रीज्यू, बेसार खाएर जण्डिस हुने भए, जिन्दगीभर घाँस खाने भैँसी हरियाे हुन्थ्याे हाेला

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  926 पटक हेरिएको

काठमाण्डाै: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका बिरामीले बेसार खानु हुँदैन भनेपछि यसको सबैतिर आलोचना भइरहेको छ।

प्रधानमन्त्रीको उक्त भनाइमाथि टिप्पणी गर्दै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानमन्त्रीज्यू, कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खान हुन्न भनेर इनफ इनफ।’

उनले प्रधानमन्त्रीले भनेजस्तै बेसार खाएर जण्डिस भए सधैँ घाँस खाने भैँसी  कालो नभएर हरियो हुन्थ्यो होला भन्दै व्यङ्ग्य पनि गरेका छन्। ‘बेसार खाएर जण्डिस हुने भए, बढ्ने भए जिन्दगीभरि हरियो घाँस खाने भैँसी कालो नभएर हरियो हुन्थ्यो होला’ उनले लेखेका छन्।  त्यस्तै उनले अरू पनि लेखेका छन्,‘बेसार खाएर जण्डिस हुने भए साग खाँदा आँखा हरियो र गोलभेँडा खाँदा रातो हुन्थ्यो।’ उनले जण्डिस हुँदा बेसार बारेर निको नहुने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार