मन बहादुर पुन
काठमाडाै । म्याग्दी जिल्ला मंगला गाँउ पालिका ४ बरंजा निवासी ४२ वर्षीय लक्ष्मी पुर्जा पुन ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत छिन ।
पाठेघर क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पुनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ ।
उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन् । काठमाडाैमा बस्दै आएकी क्यान्सर पिडित पुनको थप उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगमा अपिल गरेका छन् ।
पिडित पुनले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेकि छिन । हालसम्म १० लाख भन्दा बढी खर्च भइसकेको र अझै १० देखि १२ लाखसम्म खर्च हुने र घरको सबै सम्पत्ति उपचारमा खर्च भइसकेको उनले बताइन ।
उनले भनिन सामान्य सिलाइ कटाइ गर्दै परिवार पाल्दै आएको छु । मेराे उपचारका लागि भएको सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेको छु ।
उपचार खर्चमा सहयोग गर्नुहुनेले नेपाल इन्भेष्टमेन्ट बैकमा रहेको खाता न ०२१०५०३०२५२०२७ मा जम्मा गर्न सकिने उनको भनाई छ ।
बिरामी लक्ष्मी पुर्जा पुनकाे पुरा भिडियाे हेर्न तल क्लिक गर्नुहाेस । सके शेयर गरिदिनुहाेला ।

2950 पटक हेरिएको 

