मन बहादुर पुन
काठमाडौ । रुकुम पुर्वी जिल्ला भुमे गाँउपालिका २ बस्ने ब्लड क्यान्सर पिडित २३ बर्षकी फुल बुढा मगरकाे उपचारकाे लागि लगुम्याल समाज युकेबाट उठाएर पठाएकाे पचास हजार सहयाेग रकम गायक तथा समाजसेवी हर्क बहादुर घर्ती मगरले फुल बुढा मगरलाइ हस्तान्तरण गरेका छन ।
सानो दुधेबालक बोकेर उपचार गराउन आएकि फुललाई उपचार गराउने पैसा त के बच्चालाई खुवाउन पनि धौ धौ भइरहेको छ । उनले भनिन म मेरो बच्चाको लागि भएपनि बाच्न चाहन्छ । चेली सम्झेर सहयोग गरिदिनुस् । म दुःखमा छु भएको पैसा पनि उपचारमै सकियो ।
जलजला कम्यूनिति हेल्थ अस्पता थबाङ, महेन्द्र अस्पताल दाङ, बुद्ध अस्पताल दाङमा एक महिनासम्म उपचार गराउँदा पनि रोग पत्ता नलागे पछि फुल त्रि. वि. शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरि चेकजाँच गराउँदा ब्लड क्यान्सर भएको पत्ता लागेपछि उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा यहि माघ १० गते भर्ना भएकि थिइन ।
भक्तपुर क्यान्सर अस्पतालले तत्कालको लागि ६ लाख रुपैया डिपोजित गरी उपचार अगाडि बढाउन न र अरु बाँकि २५ देखि ३० लाख सम्म उपचारमा लाग्ने भएकाे छ ।
देश तथा विदेशमा रहने दाजुभाइ दिदिबहिनिहरुको सहयोगको आग्रह गरेकि फुल एक त आफ्नै रोगको उपचार गर्न नसक्नु त्यहिमाथि घिस्रिदै हिड्ने दुधेबालकको मायाले रातदिन रुदै कात्छिन ।
फुल बुढा मगरकाे उपचारकाे लागि लगुम्याल समाज काठमाडाैले सहयाेग अभियान सञ्चालन गरिरहेकाे छ ।

1488 पटक हेरिएको 

