मन बहादुर पुन काठमाडौ । लोकप्रिय गायिका भुमसरी पुन र सम्झना पुनको मौलिकतापन बोकेको राेइला गीत कुस्ती खेलम सार्वजनिक भएकाे छ ।
काली गण्डकी दाेहाेरी साँझकाे प्रस्तुतीमा सम्झना डिजिटल मार्फत बजारमा आएकाे राेइला गीत कुस्ती खेलममा भुमसरी पुन, सम्झना पुन र अर्जुन थापाको स्वरमा रहेको छ भने शव्दा, लय तथा संगीत संयाेजन अर्जुन थापाले गरेका छन ।
राेइला गीत कुस्ती खेलममा अर्जुन थापा, भुमसरी पुन र सम्झना पुनले अभिनय गरेका छन भने सुसिल डांगीको छायांकन, सम्पादन र अर्जुन थापाको निर्देशन रहेकोे छ ।
नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा सर्जक अर्जुन थापाले दशै तिहारकाे बिषेश अबसर पारेर सार्वजनिक गरिएकाे राेइला गीत कुस्ती खेलममा माैलिकतापनमा जाेड दिएका छन । कोरोना महामारीका कारण भएको लकडाउनको सदुपयोग गर्दै उनले लेखेको शव्दमा पारिवारिक समस्या र सामाजिक विसंगतिलाई व्यंग्य गरेका छन् ।

1522 पटक हेरिएको 

