समाजसेवी अनिल लामिछाने मगरको पहलमा बागलुङकी बिरामीलाई आर्थिक सहयोग

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  657 पटक हेरिएको

मन बहादुर पुन

काठमांडाै । मगर संसारका संस्थापक अध्यक्ष/समाजिक अभियंन्ता तथा समाजसेवी अनिल लामीछाने मगरको बिशेष पहलमा संकलित सहयोग रकम रु.३६,५००/- रुपिया मगर संसार ग्रुपको माध्यमबाट बागलुङ जिल्ला गलकोट ११ मनेवाकी पाठेघर समस्याले ग्रसित ५४ बर्षीया धनमाया सिंजाली मगरलाई हस्तांतरण गरिएको छ ।

बुटवलमा उपचाररत  धनमाया मगरलाई मगर संसार फोटो ग्यालरी ग्रुपका महासचिव एडमिन जानकी मगर र अस्मि थापा मगरले सो सहयोग रकम हस्तांतरण गरेकी थिइन । सहयोग अपिलमा मगर संसार फोटो ग्यालरी ग्रुप/पेजका एडमिन हरुले साथ दियको थियो।

संसार डान्स आइडल -२०७८ मा बचेको स्पोन्सरबाट रु.१०,००० सानु पुनमगर- बागलुङ जिल्ला जैमुने 8 हाल कोरिया रु.१०,००० कमल थापा मगर – संखुवासभा खाडबारी हाल काेरियाबाट – कोरियन २५,000 कल्पना पून काउचा मगर – बागलुङ गलकोट हाल हङकङबाट रु.५,००० सुमन थापा मगर – नवलपरासी, कावासोती झ्यालबास हाल मलेशियाबाट रु.१०,००० गरि जम्मा रु.३६,५००/- सहयाेग गरेकाे  मगर संसार फोटो ग्यालरी ग्रुपका अध्यक्ष/ अभियंता तथा समाजसेवी अनिल लामिछाने मगरले मनास्लु पाेष्टलाइ बताए ।

देवदह निवासी अनिल लामिछाने मगर हाल कोरियामा कार्यरत छन । अनिलको बिशेष सक्रियतामा आज सम्म मगर संसार द्वारा ९९ जना दिन दुखी गरीब बिरामिलाई सहयोग गरी सकेको जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार