मन बहादुर पुन
काठमाडौं । ‘नगर्नु है हल्ला मायालु’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सञ्चारकर्मी राजकुमार रायमाझी र मोडल शशिकला राई रियल राजकुमार र अधिराजकुमारीको गेटअपमा देखिएका छन् । गीतमा सञ्चारकर्मी रायमाझीले नै शब्द रचना र संगीत भरेका हुन् भने लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ ।
गायक प्रज्वल शाक्य र गायिका बन्दना खड्काले उक्त गीतमा आवाज दिएका छन् । रायमाझी आफैँले निर्देशन गरेको गीतको भिडियो मानबहादुर पुनले छायांकन सम्पादन गरेका हुन् । भिडियोमा मनिशा राईले कोरियोग्राफर गरेकी छन् ।
उक्त भिडियोमा सञ्चारकर्मी रायमाझी र मोडल शशिकला राईको साथमा मनिशा राई, यादकुमार बिक, मिठाराम खत्री केसी, सूर्य पुर्बछाने मगर, कमल वली, लक्षुप्रकाश मल्ल, मेख बहादुर गुरुङ, निर्मल कार्की, कमल कुमारी निरौला, गीता, सरला सिलवाल, बिगेन तुलाधर, कविता लामा, मिलन लामा, थमन थापा मगर, पुरुषोत्तम नेपाल, धुर्वराज पोखरेल, बुद्धिप्रसाद पोखरेल, गोमा कार्की, अमृता बिक, ऋषि बिक, विनु भण्डारी लगायत कलाकारहरुले फरक–फरक गेटअपमा अभिनय गरेका छन् ।
ओएसआर युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । यसअघि पनि धेरै गीतहरु बजारमा ल्याइसकेका सञ्चारकर्मी रायमाझीले पछिल्लो यस गीतको भिडियो फरक किसिमले तयार गरेर ल्याएको बताए ।

627 पटक हेरिएको 

