२३ जिल्लाको तथ्यांक : गरिब परिवारको संख्या २ लाख २७ हजार

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  393 पटक हेरिएको

सरकारले देशका २३ जिल्लाबाट २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरेको छ।

आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी अर्थ मन्त्रालयले पहिचान भएका गरिब परिवारको तथ्यांक सार्वजनिक गरेको हो।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको अर्थ मन्त्रालयद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ।

पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई ९.५ प्रतिशत र बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य हासिल गर्नु थप चुनौतीपूर्ण बनेको सर्वेक्षणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार