प्रेमी भेट्न घडियाल हुने नदीमा पौडेर बंगलादेशबाट भारत आइन् युवती
MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।
मनास्लु पाेष्ट 437 पटक हेरिएको
भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्।
बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्।
मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो।युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा एक घण्टा पौडेर भारत आइपुगेकी हुन्। त्यहाँबाट उनी सडकमार्ग हुँदै कोलकाता आइपुगेकी थिइन्।
कोलकाता आएर उनले आफ्ना प्रेमीसँग भेट्नुका साथै विवाह पनि गरेकी थिइन्।
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तीन पक्राउ पर्नुभन्दा तीनदिनअघि नै युवतीले आफ्ना प्रेमीसँग विवाह गरेकी थिइन्।
समाचारमा उल्लेख गरिएअनुसार युवतीको नाम कृष्णा मण्डल हो। उनी बंगलादेशको सतखीरा जिल्लाबाट भारत आएकी हुन्। स्रोतका अनुसार मानवीय सम्बन्धको आधारमा उनलाई बंगलादेश फिर्ता पठाइनेछ।
प्रहरीका अनुसार युवतीको कोलकाताको नरेन्द्रपुरका अभिक मण्डलसँग फेसबकुमार्फत चिनजान भएको थियो। पछि उनीहरुबीच प्रेम बसेको थियो।
प्रहरीका अनुसार कृष्णा मण्डलसँग कुनै पास कार्ड वा भिसा थिएन। त्यसैले उनले भारत प्रवेशको लागि खतरानक मार्ग अपनाएकी हुन्।