पोर्नोग्राफी मुद्दामा शिल्पा शेट्टीको घरमा छापा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  67 पटक हेरिएको

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा तथा उनकी पत्नी बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले छापा मारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान ईडीको टोलीले कुन्द्राको घरपछि कार्यालयमा पनि छापा मारेको हो ।

यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा खोजी भइरहेको छ । मोबाइल एप्लिकेसन र अन्य माध्यममार्फत पोर्नोग्राफीको सर्कुलेसन पत्ता लगाइरहेको छ ।

राज कुन्द्राविरुद्ध ‘हटसट एप’मार्फत मानिसहरूलाई पोर्न सामग्री उपलब्ध गराएको र उत्पादन गरेको आरोप छ । यस एपका मालिक उनी आफैँ हुन् ।  उनको यो एप यसअघि गुगल र एप्पलमा उपलब्ध थियो। तर, सन् २०२१ मा उनीविरुद्ध मुद्दा परेपछि हटाइयो ।

केही समयअघि ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारु बराबरको चलअचल सम्पत्ति जफत गरेको थियो । जफत गरिएको सम्पत्तिमा शिल्पा र राजको एउटा घर पनि छ ।

सन् २०२१ जुलाईमा राज अश्लील फिल्म बनाएको आरोपमा प्रकाउ परेका थिए । केही समय उनी जेल परेर धरौटीमा रिहा भएका थिए ।

सन् २००९ मा बिहे गरेका शिल्पा र राजका दुई छोराछोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार