चलचित्र निर्माणमा उत्रिए गायक रामकृष्ण ढकाल

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  220 पटक हेरिएको

काठमाडौं । गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा उत्रिएका छन् । उनले आफ्नो चलचित्रको नाम ‘मालती मंगले’ राखेका छन् । बिहीबार काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा उनको यो चलचित्रको शुभ मुहूर्त गरिएको छ ।

बिहीबारबाट यो चलचित्रको छायांकन शुभारम्भ गरिएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार यो चलचित्रको काठमाडौँ सहित तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा छायांकन गरिँदै छ । काठमाडौँ पछि छायांकनको लागि युनिट शनिवार तनहुँ जाने छ ।

निर्माता एवम् गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता जनाउँदै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा यस चलचित्र मार्फत पस्किने बताए ।

यो चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्राईलगायत कलाकारहरूको अभिनय रहने छ ।

‘माइतीघर’को निर्देशन प्रकु पाण्डेयले गर्दै छन् । चलचित्रको छायांकारमा महेश पौडेल, सम्पादकमा रोमी तण्डुकार, संगीतकारमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागर छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार