काठमाडौं । मौलिक गायक देवीराम राना मगरको स्वरमा तयार भएको मगर खाम भाषाको लिकन मया मौलिक गीत सार्वजनिक भएको छ । लिलावती बुढा मगरको शब्द रहेको गीतमा खर्क बहादुर बुढा मगरको संगीत रहेको छ भने एरेन्ज अमर रोका मगरको रहेको छ ।
मरुनी डिजिटलमा रेकर्डिङ भएको लिकन मया गीतमा सुमन राना, खुमन सिंह रानाको रेकडिष्ट रहेका छन र कुमार रानाले मिक्सिङ गरेकाहुन ।
रुकुम पुर्वको तकसेरा लगायका सुन्दर दृश्य भएको ठाउँमा छायांकन गरिएको म्यूजिक भिडियोमा अर्जुन रोका मगर र मनसुनी झाँक्रीको केमेस्ट्री आकर्षक देखिएको छ । गीतले प्रिय व्यक्तिसँग भेटेपछि जीवन नै रंगीत र अर्थपूर्ण बनेको अनुभूति व्यक्त गर्छ । भावनात्मक प्रेमकथामा गीत आधारित छ ।
अर्जुन रोका मगरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई संजय बुढाथोकी मगरले छायांकन गरेका हुन् भने सम्पादन राजकुमार मगरको रहेको छ ।
गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

19 पटक हेरिएको 

