तीन जना महिला सगरमाथा आरोही सम्मानित

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  3224 पटक हेरिएको

असिमित प्राकृतिक अवसर नेपालले शुक्रबार भोजनभुमी ज्याठा काठमाडौमा तीन जना महिला साहसिक हिमाल आरोहीलाई सम्मान गरेको छ ।
खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपालको पर्यटन पवद्धनका साथै महिलाहरुलाई पर्यटन क्षेत्रमा सहभागिता गराउने उद्देश्यले महिला आत्मनिर्भता भन्ने मुल नाराका साथ यहि २०१८ मे १६ मा सफलतापुर्वक सगरमाथा आरोहन गरेका तिन महिला पासाङ ल्हामु शेर्पा, याङ्डी शेर्पा र ल्याक्पा याङ्जी शेर्पा सम्मानित भएका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री बिना मगरले भनिन समृद्ध नेपालको सपना लिएर सरकार अगाडि बढिरहेको छ । यो अभियानलाई सफल बनाउन हिमाल आरोही, पर्यटन गाइड ब्याबसायिको महत्वपुर्ण भुमिका रहने छ ।

नेपालको पर्यटन क्षेत्रलाई प्रमुख आयश्रोतको रुपमा अगाडि बढाउन सरकार लागिरहेको मन्त्री मगरले बताइन ।

यसै सन्दर्भमा पासाङ ल्हामु शेर्पा, याङ्डी शेर्पा र ल्याक्पा याङ्जी शेर्पाले आफुहरुलाई सगरमाथा आरोहन गर्न सहयोग गर्ने संघ संस्था एव व्याक्तिहरुलाई सम्मान तथा धन्यबाद दिएकाथिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार