एक वर्ष अवधिमा कृषि ४२ वटा कृषि उद्योग दर्ता भएका छन्। उद्योग विभागकाअनुसार कृषि क्षेत्रमा २२ स्वदेशी तथा २० विदेशी लगानीका कम्पनी दर्ता भएका हुन्।
दर्ता भएका केही भने उद्योग स्थापनाको काम समेत थालनी गरिसकेका छन्।
स्वदेशी लगानीमा दर्ता भएका उद्योगहरुले २५ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता गरेका छन्। विदेशी लगानीमा २१ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ। उक्त उद्योगहरु सञ्चालनमा आए करिव १ हजार ३ सय जनाले प्रतयक्ष रोजगारी पाउनेछन्।
स्वदेशी लगानीमा दर्ता भएका २२ उद्योगले ९ करोड ८० लाख रुपैयाँ लगानी गर्ने उल्लेख गरेका छन्।
विदेशी लागनीमा दर्ता भएका २० उद्योगले ७ करोड ३० लाख रुपैयाँको प्रतिबद्धता जनाएको उद्योग विभागका निर्देशक दुर्गाप्रसाद भुसाल बताउँछन्।
नेपाल व्यपार प्रवद्र्धन बोर्डमन अनुसार १९७० दशकमा नेपालबाट भारतमा खाद्यान्न निर्यात भएको तथ्याङ्म देखिए पनि हाल नेपालको वार्षिक खपतको ४० प्रतिशत आयत हुने गरेको छ।
नेपालमै कृषि प्रशोधन तथा कृषिजन्य वस्तुकाे उत्पादन गर्ने उद्योग व्यवसायको खाँचो भएको र त्यस्ता उद्योग दर्ता तथा सञ्चलनको लागि सकेम्म सहजिकरणको वातावरण मिलाउन विभाग तत्पररहेको निर्देशक भुसालले बताए।
राष्ट्रिय तथ्यांक विभागकाअनुसार नेपालमा ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ। तथ्यांक हेर्दा नेपालमा अहिले कृषि उत्पादन भइरहेभन्दा अझै २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन छ। कृषि उत्पादन बढाउन सिँचाइ र बजार व्यवस्थापनदेखि बीउ बिजन, माटो परीक्षणलगायतका प्रभावकारी रणनीतिहरू आवश्यक पर्छन्।
नेपालमा १७ लाख ६६ हजार हेक्टर जमिनमा मात्र सिँचाइ व्यवस्थापन गर्न सकिने तथ्याङ्कले देखाउँछ। यसमा पनि वर्षैंभरि सिँचाइ पुर्याउन सकिने खेतीयोग्य जमिन ६७ प्रतिशत रहेको छ।
भूमिको उपयोग हुने गरी व्यवसायिक उत्पादन गर्न कृषि प्रशोधन उद्योग अझै धेरै आवश्यकता भएको भुसालले बताए। हाल विभागमा दर्ता भएर संचलनको तयारीमा रहेको कृषिजन्य उद्योग पनि साना तथा मझौला धेरै रहेकाले यसमा ठूला उद्योगको आवश्यकता रहेको निर्देशक भुषाल बताउँछन्।
तथ्यांक विभागले गत आवको विश्लेषण सार्वजनिक गर्न बाँकी छ। तर गत आवको पहिलाे १० महिनाको तथ्यांकलाई आधार मानेर एक वर्षको अनुमानित तथ्यांक केलाउँदै तथ्यांक विभागले कूल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको २७.१० प्रतिशत योगदान रहने जनाएकाे थियाे।
कूल कृषिजन्य उत्पादनमा आलुको योगदान सबैभन्दा बढी अर्थात् १४.७५ प्रतिशतले वृद्धि हुने १० महिनाको तथ्यांकले देखाएको छ। यस्तै गहुँ र मकैको उत्पादन पनि वृद्धि हुने अनुमान छ। धानको उत्पादनमा केही कमी भएर यसको योगदान १.५ प्रतिशतले कम हुने सम्भावना छ।
कूल गार्हस्थ उत्पादनमा अन्य उद्योग क्षेत्रको ५.३९ प्रतिशत, निर्माण क्षेत्रको ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको योगदान १३.२६ प्रतिशत र होटल तथा रेष्टुरेन्टको २.०५ प्रतिशत रहने अनुमान गरेको थियो

1013 पटक हेरिएको 

