नेपाली वाङ्मयको श्रीवृद्धिका लागि मनास्लु प्रकाशनको स्थापना

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1222 पटक हेरिएको

 

परिचयः

  • नेपाली वाङ्मयको श्रीवृद्धिका लागि मनास्लु प्रकाशनको स्थापना भएको हो ।
  • नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु मनास्लु प्रकाशनको लागि गौरवको कुरो हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्ने यो गैरराजनितिक संस्था हो ।
  • मनास्लु प्रकाशनले नेपाली सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आउने छ  । यसरी परिचालित सार्वजनिक कार्यले राष्ट्रनिर्माणको महान् अभियानमा समेत आफ्ना ठाउँबाट गच्छेअनुसार सार्थकता प्रदान गरिरहने छ भन्ने हामीलाई लागेको छ ।

उद्देश्यः

  • नेपाली भाषासाहित्यको श्रीबृद्धिका लागि समर्पित मनास्लु प्रकाशन आफ्नो क्षमता अनुसार नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवं सुरुचिपूर्ण ढङ्गले प्रस्तुत गर्न अग्रसर छ । स्रष्टाहरूको चाहनामा राष्ट्रको ढुकढुकी निहित हुन्छ । जगतमा जन्मेर जीवन चलाउन जमजमाउने हरेक जानिफकारले जन्मभूमिको जयगानमा आफूलाई समर्पित गर्नु नै उसको पुनीत कर्तव्य पनि हो । यसै सन्दर्भमा सांस्कृतिकसेवा पनि राष्ट्रसेवाको महत्त्वपूर्ण कडी हो भन्ने भावनाले मनास्लु प्रकाशन उत्साहित छ ।
  • देशदेशान्तरका प्रतिभाको सम्मान गर्नु मनास्लु प्रकाशनको अर्को प्रमुख उद्देश्य रहेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायत अन्य विविध क्षेत्रका स्रष्टा वा प्रतिभाको खोजी र तिनीहरूको अर्चनामा अग्रसर मनास्लु प्रकाशनबाट वेलामौकामा विभिन्न सांस्कृतिक कार्यहरूका अतिरिक्त विविध ग्रन्थमालाहरूको प्रकाशन भइरहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार