असोज २१ देखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार

  Manaslu Post  1125 पटक हेरिएको

काठमाडौ । नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ ।  राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइने बताए । ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरुले नायँ नोट सटही गरेका थिए । राष्ट्र बैंले २१ असोजदेखि नयाँ नोट सटही खुल्ला गर्ने भएपनि वाणिज्य बैंकहरुलाई भने १२ असोजमै उपलब्ध गराइने प्रवक्ता पौडेलले बताए ।साथै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट सटही गर्ने प्रवक्ता पौडेले बताए ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । त्यसैगरी,कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ । त्यस्तै,राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर,सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । गत वर्ष नेपाल बैंक ,राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिएको थियो । गत वर्ष पनि वाणिज्य बैंकहरुले सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, न्युरोड,बालाजु सानोठिमी, विशाल बजार,गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार नक्सा लगायतका स्थानबाट नायँ नोट सटही सुविधा उपलब्ध गराएका थिए । सर्वसाधारणले सहज रुपमा नयाँ नोट साटहीका राष्ट्र बैंकको थापाथली बाहेक अन्य वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको थियो ।

राष्ट्र बैंकका अनुसार नोट साट्दा थानमात्र साट्ने जनाएको छ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथाराष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाउने छ । उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउने छन्

राष्ट्र बैंकले दशैंलाई लक्षित गरी ६३ अर्व रुपैँया नयाँ नोट बजारमा ल्याउन लागेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले नयाँ नोट सटहीका लागि १३ अर्व रुपैँया र सरकारी खर्च,दशैं पेश्की लगायतका विभिन्न प्रकारका भुक्तानीका लागि ५० अर्व रुपैँया गरी कुल ६३ अर्व रुपैँया बजारमा ल्याउन लागिएको बताए । सटही सुविधालाई सहज बनाउन १०० वटाको प्याकेट मात्र साटिने राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले गत वर्षहरुमा पनि यसै गरी नयाँ नोट सटही व्यवस्था मिलाएको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार