.मानवअधिकार आयोगले अभियान चलाउने.

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  638 पटक हेरिएको

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ ।

आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो ।

सम्मेलन तयारीको क्रममा आज आयोगले सरोकारवालासँग राय÷सुझाव लिने उद्देश्यले छलफल गरेको छ । छलफलमा सहभागीबाट दलित समुदायका मानवअधिकारका विभिन्न विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने तथा कानून कार्यान्वयन गर्ने निकायलाई सम्मेलनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी, दलित र गैरदलित सबैको सहभागिता हुनुपर्ने, सम्मेलनबाट आएका विषयको सम्बन्धमा सरकारलाई सिफारिश गरी सकेपछि आयोगले स्थायी संयन्त्र निर्माण गरी कार्यान्वयनको लागि निरन्तर पहल गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

राष्ट्रिय दलित आयोग र दलित गैरसरकारी संस्था महासङ्घ समेतसँग आयोगले यसअघि नै परामर्श गरिसकेको छ ।

Please click this manaslu tv

https://www.youtube.com/channel/UCKK8-FeA2PuLUBbnnNW6u6Q

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार