-प्रदेश ५ को चौतर्फि विकासमा थारुहरुको अनिबार्य सहभागिता: मुख्यमन्त्री पोख्रेल.

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  891 पटक हेरिएको

घोराही २७ असोज/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले थारुहरुको सहभागिता विना यस क्षेत्रको विकास असम्भब रहेको बताएका छन् । थारु पत्रकार संघ नेपालको सातौ साधारणसभा एवं पुरस्कार बितरणका लागि शनिबार घोराहीमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ को चौतर्फि विकासमा थारुहरुको अनिबार्य सहभागिता आबस्यक रहेको बताएका छन् ।

प्रदेश ५ को बिकास नै राष्ट्रको संबृद्धी सँग जोडिएको भन्दै मुख्य मन्त्री पोख्रेलले प्रदेशको विकास थारुहरुको सहभागिता विना असम्भब हुने धारणा व्यक्त गरे । थारुहरुको इतिहासका बारेमा चर्चा गर्दै उनले थारुहरुको एकता र राज्यको दृष्टिकोणमा एकरुपता ल्याउनु पर्नेमा समेत जोड दिए ।

मुख्यमन्त्री पोख्रेलले देश संबृद्धीको मार्गमा अघि बढेको भन्दै आलोचनाका नाममा अनाबस्यक टिप्पणी र आरोप लगाएर प्रतिगमन तर्फ देशलाई लैजान खोजेको समेत आशंका व्यक्त गरे । प्रमुख प्रतिपक्षी कांग्रेस तर्फ इंगित गर्दै मुख्यमन्त्री पोख्रेलले आलोचनात्मक टिप्पणि भन्दा सरकारले केही नै गरेन भनेर जनतामा भ्रम सृजना गरेको बताए ।

थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष मदन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी बैज्ञानिक ढंगबाट टुंगो लगाउने उल्लेख गरे ।

कार्यक्रममा सांसदहरु सुजिता साक्य, मेटमणि चौधरी, शान्ता चौधरी, उत्तरकुमार वली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पत्रकार कृष्णराज सर्वाहारी, चुर्ण चौधरी, केवि चौधरी लगाएतकाले थारु संस्कार र संस्कृतीको खोज अनुसन्धानमा थारु पत्रकारहरुलाई लाग्न आग्रह गरे ।

थारुहरुको इतिहास, भाषा, कला, संस्कृतीका बारेमा खोज अनुसन्धान र संरक्षणमा थारु पत्रकारहरुले कलम चलाउनु पर्नेमा बक्ताहरुले जोड दिए । कार्यक्रममा थारु पत्रकाहरु कृष्णराज सर्वाहारी, अन्जना चौधरी, कारि महतो, प्रतिमा चौधरीलाई बिभिन्न पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा सन्तोष दहीतले स्वागत र सहजिकरण नविन चौधरीले गरेका थिए । भेलामा १७ जिल्लाका थारु पत्रकारहरुको सहभागिता रहेको र आइतबार दाङ घोषणा पत्र जारी गरि भेला सकिने भएको छ ।

MANASLU TV मा subscribers गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार