मन बहादुर पुन
काठमडाै । मंगलवार स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापा मगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले बताए ।
थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन् । उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
स्कुटरमा सवार दुइजना श्रीमान श्रीमती हुन् । उनीहरूको ११ दिन अघि विवाह भएको थियो । स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घा स्थित माइतीघरमा बिहेको दुरन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार लु३७प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आइरहेको लु१च ७२५६ नम्बरको जिपले ठक्कर दिएको हो । मृतक रूपा थापा मगर मगर विद्यार्थी संघ पाल्पाको पूर्व अध्यक्ष समेत हुन् भने मगर चलचित्र लर्फु(पछेउरी)का नायिकाकाे रूपमा काम गरेकि थिइन ।
MANASLU TV मा subscribers गर्नुहोला ।

4175 पटक हेरिएको 

