राष्ट्रपतिका लागि गाडी किन्न पशुपतिमा सर्वसाधरणसँग एक रुपैयाँ भीख माग्दै

  Manaslu Post  956 पटक हेरिएको

काठमाडौँ । राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि सरकार समक्ष १८ करोड माग गरेको विषयको अहिले चौतर्फी विरोध भइरहेको छ । यही विषयलाई लिएर शनिबार सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सांकेतिक विरोध गरेका छन् ।

शनिबार बिहान पशुपतिनाथ मन्दिरमा युवाहरूले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसँग एक एक रुपैयाँ भीख मागेका हुन्।

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्।

उनीहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै पशुपतिमा आउनेहरुसँग १ रुपैयाँ भीख माग्दै रकम संकलन गरेका छन् । उठेको रकमबाट गाडी किनेर राष्ट्रपति कार्यालयलाई दिइने विरोधमा सहभागी एक युवाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार