खानेपानीका लागि चार घण्टा हिड्नुपर्ने

  टेक बहादुर पुन  905 पटक हेरिएको

टेक बहादुर पुन

प्युठान,  ९-मंसिर /  बिहानै देखि धारामा पानी लिन आउनेहरुको भीडँ हुन्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन जान भ्याउँदैनन् । पानीका लागि बिहानभर धारामा लाईन लाग्नुपर्दा कहिलेकाही उनीहरुको स्कुल समेत छुट्छ । स्थानीय देवकला सुनारले भनिन‘आफनो पालो कुर्दा कुर्दै एक बिहान बित्छ । ‘धारामा पानी सानो आउँछ, पानी भर्दाभर्दै धारा सुक्छ ।’ पानी उपयोग गर्ने जनशक्ति वढी छ ,धारामा प्रयाप्त पानी न आउने समस्याका कारण यहाँ पानीको जोहो गर्न निकै समस्या छ ।

प्युठानको मल्लरानी गाउँपालिका–५ सरङकोट, जोरपोखरी, छेडापोखरा, दर्भाने तथा ऐरावती गाउँपालिकाको सिंधुरेडाँडाका करिब पचास घरधुरीले यही पानी उपभोग गर्दै आएको स्थानीय दान बहादुर बुढाथोकीले बताए । यहाँका स्थानीयले बिहान भरेको पानीले भालीखेर बिहान सम्म काम चलाउनुपर्छ । पानी बिहान आउने साँझ नआउने समस्या छ । नुहाउनका लागि दुई घण्टा हिडेर भिमरुक झर्नुपर्ने बाध्यता छ ।

भुकम्पले सुकायो मुल
०७२ सालको भुकम्पले जमिन थर्काएपछि झन पानीको मुहान सुक्दै गएको स्थानीयहरु बताउछन् । भुकम्प गएको ४ वर्ष भईसकेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएका छन् ।
तर जनप्रनिधि आएको आभास नभएको उनीहरुको दुखेसो छ । केही दिन अगाडि ४ वटै बस्तीका १० जना संयुक्त समुह जिल्ला प्रशासनमा डेलिगेशन समेत गएको र प्रमुख जिल्ला सहयोग गर्ने आस्वासन दिएका थिए ।

खानेपानीको मुल हेर्न गाउापालिकाका अध्यक्ष सरङकोटमा पुगेका थिए । गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले यस क्षेत्रमा खानेपानीको सुविधा पु¥याउनका लागि गाउँपालिकाले नसक्ने बताए । त्यहाँ खानेपानी पु-याउन प्रदेश सरकारसंग माग गर्नुपर्ने बताए । लिफ्ट मार्फत खानेपानी पु¥याउन सकिने उनको भनाई थियो । त्यसका लागि प्रदेश सरकारसंग पहल थाल्ने उनको भनाई छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार