
काठमाडाै । नेपाली लोकबाजा संग्रालयले आयोजना गरेको आठौ अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सवमा मौरीबाजा सर्जक राम रसाइलीको मौरीबाजा धुनमा दिलकुमारी राम्जाली गर्बुजाले थालीनाँच प्रस्तुत गरेका छन ।
यहि मंसिर ५ देखि ८ गते सम्म राष्ट्रिय नाँचघर जमलमा आयोजना भएको कार्यक्रममा विश्वका २९ देशका प्रख्यात कलाकारहरुको मौलिक लोक बाजा र नृत्य पर्दशन गरिएको थियो ।
नेपाली लोक गीत, लोकबाजा, लोक संगीत, लोकनाँच, लोकसंस्कृति,लोक परम्परा र लोक जीवनका विविध पक्षहरुलाई बिश्वमाझ परिचित गराउने र नेपालमा सांगीतिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा ३५ वटा विश्व प्रख्यात वृतचित्र प्रदशन गरिएको थियो ।
कार्यक्रममा राम रसाइलीको मौरीबाजा धुनमा दिलकुमारी राम्जाली गर्बुजाकोे थालीनाँच उत्कृष्ट प्रस्तुती हुन सफल भएको थियो ।
राम रसाइलीको मौरीबाजा धुनमा दिलकुमारी राम्जाली गर्बुजाले थालीनाँच हेर्न तलको भिडियो क्लिक गर्नुहोस !

1096 पटक हेरिएको 

