बेनी-मालढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

२१ असार, काठमाडौं । पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ । https://www.youtube.com/wa...

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएक...

हातखुट्टा बाँधेर कर्मचारी लुट्ने गिरोह पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो । भारतको हरियाणा सोनीपथ बस्ने २१ बर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १७ बर्षीय शाहिल बादलिसे र २० बर्षीय सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद...

मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल ब...

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने भएको छ। आगामी असार १० र ११ गते बैठक बस्ने कार्यसूची रहेको छ । बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुने बताइएको छ। १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा ...

२३ जिल्लाको तथ्यांक : गरिब परिवारको संख्या २ लाख २७ हजार

सरकारले देशका २३ जिल्लाबाट २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरेको छ। आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी अर्थ मन्त्रालयले पहिचान भएका गरिब परिवारको तथ्यांक सार्वजनिक गरेको हो। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको अर्थ मन्त्रालयद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्...

‘कोमल नयन’ टेलिफिल्मबाट अभिनयको यात्रामा सुमिना

मन बहादुर पुन काठमाडै । मनास्लु टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने काेमल नयन टेलिफिल्मबाट सुमिना सुन्दासले अभिनयको यात्रा सुरु गरेकी छिन्। उनले टेलिफिल्म ‘काेमल नयन’मा भाग १ देखि काम गरिरहेकिछिन । मनास्लु मिडिया प्रा.लि.को ब्यानरमा बनेके टेलिफिल्म ‘काेमल नयन’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने सुमिनाले विश्वास गरेकी छिन्। निर्माण टिमले सुमिनाले अब आउने श्रृखलामा कस्तो भूमिका निर्वाह...

‘लण्डन टु पेरिस’बाट ठूलो पर्दाको यात्रामा मोडल गरिमा शर्मा

मोडल गरिमा शर्माले ठूलो पर्दाको यात्रा सुरु गरेकी छिन्। उनले चलचित्र ‘लण्डन टु पेरिस’बाट ठूलो पर्दाको यात्रा सुरु गर्ने भएकी हुन्।मोडल शर्मा र चलचित्र निर्माण टिमबीच लिखित सम्झौता भैसकेको छ। एबी इन्टरनेसनलको ब्यानरमा बन्ने ‘लण्डन टु पेरिस’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने गरिमाले विश्वास गरेकी छिन्। निर्माण टिमले गरिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्ने छिन् भनेर नखुलाएपनि उनी महत...

फलफूल र जडीबुटी खेती गर्न चाहनेलाई बैंकले धेरै ब्याज लिन नपाउने

बैंक तथा वित्तीय संख्याले फलफूल  एवम् जडीबुटी उत्पादन तथा प्रशोधन गर्ने परियोजनामा धेरै ब्याज लिन नपाउने भएका छन्।त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप्नुपर्ने भएको हो। नेपाल राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै बैंकको आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर आवधिक कर्जा वितरण गर्नुपर्ने बताएको छ। तर यस्तो ब्याजदर जग्गा खरिद गर्न भने ...

गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी विजयी

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । लामाले १ हजार ६२४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित माओवादीकी गुरुङले १ हजार ५६५ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी मेतोक छ...