९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२को नोमिनेशन फारम खुल्ला

काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा ९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को यहि असोज १ गतेदेखि नोमिनेशन खुल्ला गरिएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौ संस्करणको नोमिनेशनमा यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु सा...

यौन दुर्बलता र बाँझोपनको समस्या बढ्दो

काठमाडौँ  । नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखा र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले संयुक्त रूपमा गरेको राष्ट्रिय सर्वेक्षणमा ...

नरेन्द्रका एक्ला छोरा थिए सुलभ, जेनजी प्रदर्शनमा गुमाए ज्यान

२३ भदौ, नेपालगञ्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ । काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् । सुलभ नरेन्द्रका एकमात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं गएको व...

आजबाट सरकारको औचित्य पुरै समाप्त भएको छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको आरोप लगाएका छन्। समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले जीनको आन्दोलमा आफ्नो साथ रहेको बताएका छन्। ‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन। यस पिडादायी क्षणम...

मुटुको रोग केही सेकेन्डमै पत्ता लगाउने एआई स्टेथेस्कोप

एजेन्सी : अनुसन्धानकर्ताले मुटुको रोग तत्काल पहिचान गर्ने प्रविधिबारे खुलासा गरेका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा सञ्चालित स्टेथोस्कोपले केही सेकेन्डमै मुटुसम्बन्धी तीन प्रकारका रोग पत्ता लगाउन मद्दत गर्न सक्ने बताइएको छ। स्टेथोस्कोपको आविष्कार सन् १८१६ मा भएको थियो। डाक्टरहरूले यसलाई विरामीको शरीरभित्रको आवाज सुन्न प्रयोग गर्छन्। बेलायती टोलीले आधुनिक स्टेथोस्कोपको अध्ययन ...

चलचित्र निर्माणमा उत्रिए गायक रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा उत्रिएका छन् । उनले आफ्नो चलचित्रको नाम ‘मालती मंगले’ राखेका छन् । बिहीबार काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा उनको यो चलचित्रको शुभ मुहूर्त गरिएको छ । बिहीबारबाट यो चलचित्रको छायांकन शुभारम्भ गरिएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार यो चलचित्रको काठमाडौँ सहित तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा छायांकन गरिँदै छ । का...

गौरा पर्व : बिरुडा धोइ न्वालाको गौरा मनाइँदै

डडेल्धुरा, भदौ १३ गते । सुदूरपश्चिमको मौलिक पर्व गौराको शुक्रबार दोस्रो दिन गंगा गौराको रुपमा न्वालको गौराको पूजाआजा गरी मनाइँदै छ । यसलाई नानी अर्थात् सानी गौरा पनि भनिन्छ । गौरापर्वको दोस्रो दिन ब्रतालु महिलाहरूले नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएर मनाउँने गरेका छन । बिरुडा धोएकै ठाउँमा गौरा (माता पार्वती) को प्रतिमा बनाएर पूजा गरिन्छ । गौरा पर्वको पहिलो दिन महिल...

हैजाको संक्रमण र यसबाट जोगिने उपायहरू

हैजा एक संक्रामक रोग हो जुन प्रायः दूषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ। यो रोग विशेषगरी गर्मी र वर्षा याममा बढी देखिन्छ किनकि यस समयमा पानीको स्रोत दूषित हुने सम्भावना धेरै हुन्छ। बिरगंज जस्तो शहरमा, जहाँ जनसंख्या घनत्व धेरै छ र सडक, बजार, खुला नालीहरू तथा फोहोर व्यवस्थापनमा समस्या हुन्छ, हैजाको जोखिम अझै बढी हुन्छ। हैजा एक प्रकारको ब्यान्टेरियल संक्रमण हो जुन भाइब्रो ...

तराईमा सर्पको टोकाइ: गर्मीमा कसरी बच्ने र टोकिहाले के गर्ने?

मधेश, जुन भारतसँग जोडिएको तराईको समथर र गर्मी ठाउँ हो, त्यहाँ गर्मीको मौसममा सर्पको जोखिम धेरै हुन्छ। गर्मी, सुख्खा मौसम र चिसो खोज्दै सर्पहरू मानिसको बसोबासनजिकै आउन थाल्छन्। खेत, पोखरी, झाडी, पुराना घर, ढुंगा वा काठको थुप्रो र पुराना गोठजस्ता ठाउँहरू सर्पका लागि उपयुक्त लुक्ने ठाउँ बन्न सक्छन्। सर्पको टोकाइबाट कसरी जोगिने? सर्पको जोखिमबाट बच्न केही सावधानी अपनाउनु आवश्यक छ: रातमा सतर्...

बसन्तपुर डबलीमा ३१ औं विश्व आदिवासी दिवस मनाइयो

कठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको भाषालाई डिजिटल माध्यममार्फत प्रयोगमा ल्याउनुपर्ने बताएकाछन । ३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालको संयुक्त आयोजनामा बिहीबार वसन्तपुर डबलीमा आयोजित ‘प्रोमोटिङ इन्डिजिनियस् नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा उहाँले सो कुरा बताएकाहुन । ...