भारी हिमपात हुँदा डोल्पाको जुफाल विमानस्थल ठप्प

डोल्पा, २७ फागुन । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ । आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ । यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उ...

ढोरपाटनमा पाँचौ पटक भारी हिमपात

बागलुङ २०७३ फागुन २७ । बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेको बोवाङ गाविस- ९ ढोरपाटनमा विहान सवेरै ४ बजे देखी भारी हिमपात भैरहेको छ । हिमपातले ढोरपाटनको जनजीवन प्रभावित बनेको छ । स्थानीय कामकाजीहरुलाई हिमपातले समस्यामा पारेको छ । आज शुक्रवारको हिमपात यो वर्षको पाँचौ भारी हिमपात हो । ‘बुधवार दिउँसै देखी कतिबेला हिउँ पर्ने, कतिबेला घाम लाग्ने गरेको थियो, उपल्लो ढेरपाटनको पाखाथरकी हिमकुमारी अदैले भन...

बुद्ध एयरको यात्राः सुरक्षा नै पहिलो सर्त

१५ फागुन, काठमाडौं । जहाज कम्पनीहरु कसरी आम्दानी गर्छन् ? यो कुनै गहिरो दिमाग लगाउनुपर्ने कुरा होइन । जति धेरैले यात्रा गर्छन्, उत्ति नै धेरै कमाइ हुन्छ । जुन कम्पनीले आफ्ना जहाजको उच्चतम उपयोग गर्छ त्यही सफल विमान सञ्चालक बन्न सक्छ । उसोभए यो घिउ खाए जत्तिकै सजिलो छ त ? पक्कै पनि छैन । जब उडानको कुरा आउँछ, त्यहाँ प्रकृति पनि मिसिन्छ । प्रकृतिले साथ नदिँदा उडान सञ्चालन त्यत्ति सजिलो हुँदैन । ...

गोमाले ल्यायो दुई नयाँ विमान, दूर्गम क्षेत्रलाई गन्तब्य बनाउने

१५ फागुन, काठमाडौं । गोमा एयरलाइन्सले आइतबार दुईवटा नयाँ एलईटी विमानबाट सेवा थाल्ने भएको छ । दुर्गम र पर्यटकीय गन्तव्यमा सेवा दिँदै आएको गोमासँग अब ६ वटा विमान भएको छ । नयाँ दुई विमान थपिएसँगै कम्पनीसँग एलईटी ४१० यूभीपी- इ २० विमानको संख्या ४ पुगेको छ । गोमासँग दुईटा सिंगल इन्जिन सेस्ना क्याराभान विमानमा पनि छन् । दूर्गम विमानस्थलहरुका र पर्यटन व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै कम्पनिले थप ...

अब विराटनरबाट पनि माउन्टेन फ्लाइट,यतिले थाल्यो सेवा

१४ फागुन, विराटनगर । विराटनगरवाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट सुरु भएको छ । विराट एक्स्पोलाई लक्षित गरी आजबाट तीन दिनसम्म यति एयरलाइन्सवाट पर्वतीय उडान -माउन्टेन ˆलाइट)को व्यवस्था गरिएको हो । विराट एक्स्पो आयोजक समिति एव विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्था संयुक्त प्रयासमा यति एयरलाइन्स विमानलाई भाडामा लिई पूर्वाञ्चलमै पहिलोपटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको हो । य...

हात्तीपीडितको सहयोगका लागि पर्यटन महोत्सव

१८ फागुन, बनियानी (झापा) । हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्तीपीडितको सहयोग तथा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ । बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्षेत्रमा रहेका सामाजिक सङ्घसंस्था तथा भारत, भुटान र बङ्गलादेशका पर्यटन प्रवद्र्धन गर्ने संस्थाको संयुक्त आयोजनामा सात...