मन बहादुर पुन
मनास्लु पोष्ट । नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा शब्द संगीतमा क्रियाशिल रहदै आएका एल.बि. पुनको शब्द लयमा रहेकाे भाले नभन लोक दोहोरी गीत चर्चित गायक एवं संगीतकार किरणबाबु पुनको प्रमुख आतिथ्यमा बिमोचन भएको छ ।
बिमोचन कार्यक्रममा गायक नन्द घर्ती मगर,हास्यकलाकार खबपु चञ्चल, , तिलक रोका, राज कुमार राइ र मेख बहादुर गुरुङको उपस्थिति रहेको थियो भने अञ्जु तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
भाले नभन लोक दोहोरी गीतमा अमृता लुङ्गेली मगर र एल. बि. पुनको स्वर,पेमा तामाङ(गोफ्ले)को निर्देशन,राहुल राईको छायांकन, दिनेश काफ्लेको सम्पादन विमली,पेमा,मेख,तिलक,उग्रेन र आर्यनको अभिनय रहेको छ ।

1678 पटक हेरिएको 

