नायिका ऋचा शर्मालाई हार्ट अट्याक, नर्भिकमा उपचार हुँदै

  मनास्लु पाेष्ट  1111 पटक हेरिएको

काठमाडौं– नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ । हिजो एक्कासि छाती दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन् ।

‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँलाई एन्जियोग्राफी गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ ।’

उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार