कलाकार गणेश मुनालको निधन

  Manaslu Post  765 पटक हेरिएको

काठमाडौं । वरिष्ठ कलाकार गणेश मुनालको सोमवार विहान निवासमै निधन भएको छ । उनलाई दुईसातादेखि निमोनियाको समस्या देखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । बिसं २००७ सालमा जन्मेका मुनालले रंगमञ्चवाट अभिनय सुरु गरेका हुन् ।

रंगमञ्च हुँदै टेलिचलचित्र र ठूला पर्दाको चलचित्रमा समेत उनले अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘गोपी’ प्रदर्शन हुनै बाँकी छ ।

सशक्त अभिनय गर्ने मुनालको आवाजमा विषेश दम थियो । पर्दामा प्राय हुने खानेको चरित्र निर्वाह गर्थे डम्म परेको ज्यान र आवाजको कारण पनि उनलाई चलचित्रमा मुखिया वा अन्य सम्भ्रान्त चरित्र दिईन्थ्यो ।

काठमाडौं महाङ्कालका निवासी मुनालले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् । ठूलो पर्दाको चलचित्र ‘लभ लभ लभ’, ‘एक पल’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, सेतो बाघ’ लगायतका चलचित्रमा काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार