मन बहादुर पुन
काठमाडौ । मौलिक नेपाली लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक एवं कुशल उदघोषक देविराम राना मगरले गायिका चयन मगर (गुरुङ)को पृथक लोक दोहोरी गीत अंगुर दाना पाक्योमा आफ्नो स्वर रेकर्ड गराएका छन ।
बिभिन्न कार्यक्रमहरुमा उत्कृष्ट गायन तथा कार्यक्रम सञ्चालकको रुपमा चिनिदै आएका रानाले दर्जनौ लोक दोहोरी गीतहरु बजारमा ल्याएका छन ।
लामो समयदेखि नेपाली लोक संगीतमा निरन्तर लागि रहेकि गायिका चयन मगर (गुरुङ)ले यस भन्दा अगाडी पनि आफ्नो गीति संग्रह बजारमा ल्याइसकेकि छिन । यस पटक भने उनले डम्बर चन्दको शब्द र भद्र नकालको लयमा देविराम राना र गायिका चयन मगर (गुरुङ)को स्वरमा पृथक लोक दोहोरी गीत बजारमा ल्याउने तर्खरमा रहेकि छिन ।
शंकरा रेकडिङ्ग स्टुडियो बागबजार काठमाडौमा रेर्कडिङ्ग भएको अंगुर दाना पाक्यो लोक दोहोरी गीतको भिडियो निमार्ण गरि छिट्टै बजारमा ल्याउने तयारी रहेको गायिका चयन मगर (गुरुङ)ले मनास्लु पोष्टलाई बताइन ।

1104 पटक हेरिएको 

