चर्चित गायक गायिकाहरुको साथमा मनास्लु रोधी घर प्रशारण हुदै

  मनास्लु पाेष्ट  2610 पटक हेरिएको

काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार मनास्लु टेलिभिजनले ख्यातिप्राप्त चर्चित गायक गायिकाको साथमा दोहोरी घम्सा घम्सि मनास्लु रोधी घर प्रशारण हुने  भएको छ ।

चर्चित गायक देविराम राना मगर र लोकप्रिय गायिका भुमसरी पुनले प्रस्तोता रहेको कार्यक्रम मनास्लु रोधी घरमा चर्चित गायक किरणबाबु पुन, श्याम राना, तिलक भट्टराई चर्चित गायिका करिस्मा घर्ति मगर, बबिता गुरुङ र सुस्मिता मगरको दोहोरी भिडन्त लेकाली रेकडिङ्ग स्टुडियोमा आज छायांकन भएको छ ।

मनास्लु रोधी घरमा नेपाली मौलिक पन बोकेको नयाँ लय र शब्दमा तयार भएकाे दोहोरी यहि माघ २४ गते बिहिबारबाट प्रशारण हुने भएको छ ।
मनास्लु रोधी घरमा पत्येक हप्ता नयाँ भाकामा चर्चित गायक गायिकाहरुको जुहारी हुने मनास्लु पोष्टका सम्पादक मदन कुमार घर्ति मगरले बताएका छन ।
यहि माघ २४ गते बिहिबारबाट प्रशारण हुने दोहोरी हेर्नको लागि आजैलागि MANASLU TV मा subscribe गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार