मनास्लु टेलिभिजनको कार्यक्रम मनास्लु रोधी घरमा चर्चित लाईभ दोहोरी गायक श्याम राना मगर र लोकप्रिय गायिका बबिता गुरुङको बेशी टारी खेतैमा मौलिक लाइभ रोइला दोहोरी घम्साघम्सी बिहिवारदेखि प्रशारण भएको छ ।
धैरै पटक दोहोरी प्रतियोगितामा भाग लिएर प्रायः प्रथम स्थान हात पार्न सफल दोहोरी टुक्का जोड्न सिपलु श्याम रानाले मनास्लु रोधीघरमा बबिता गुरुङसँग अलि पृथक शैलिको कतै प्रयोग नभएको शव्दमा गायका छन । उनले आधा घण्टाको दोहारी जुढाइमा बबितालाई आच्छु आच्छु पारेका छन । सबैलाई अचम्मित पार्ने उनको हाउभाउ,शैलि, दमदार दोहोरी टुक्का र गायकि पनले बबिता सँगको दोहोरी स्तरिय र नछुटाइ हेर्नै पर्ने बनेको छ ।
अब देखि निरन्तर मनास्लु टेलिभिजनमा हरेक हप्ता बिहिवार नयाँ भाकामा चर्चित कलाकारहरुको लाइभ दोहोरी मनास्लु रोधी घर प्रशारण हुने भएको छ भने आइतबार मौलिक लोक गीतहरुको संगालो मनास्लु लाइभ लोक भाका सञ्चालन हुने भएको छ ।
यहि आउदो बिहिबार चर्चित गायक किरण बाबु पुनले सुमधुर स्वरकि धनि करिस्मा घती मगर सँग पहिलो पटक गायको लाइभ दोहोरी प्रशारण हुदैछ । लोक पारखी मिञहरुले आजै MANASLU TVमा subscribe गरि हामीसँग जोडिनुहोला ।

2039 पटक हेरिएको 

