गडुल ध्वज गुरुङ(जिमि)ले आफ्नो जन्मदिन पारेर सार्वजनिक गरे जर्मनको धावा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  743 पटक हेरिएको

 

https://www.youtube.com/watch?v=dESEdzyXuEw&feature=share

मन बहादुर पुन

काठमाडाै । मौलिक नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित रचनाकार, संगीतकार तथा गायक गडुल ध्वज गुरुङ(जिमि)ले आफ्नै जन्म दिनको अवसर पारेर १९३९ देखि १९४५ सम्म भएको दोस्रो बिस्व यूद्धको बेला हजारौ नेपालीहरुको कथालाई समेटिएको मार्मिक लोक दोहोरी गीत जर्मनको धावा सार्वजनिक गरेका छन ।
गडुल ध्वज गुरुङ(जिमि) र शान्ती श्री परियारको स्वरमा रहेको जर्मनको धावा गीतमा रमेश बि.जिको शब्द, गडुल ध्वज गुरुङ(जिमि)को संगीत र जुज गुरुङको संगीत संयोजन रहेको छ ।
यम गुरुङको निर्देशनमा बनेको जर्मनको धावा गीतको म्यूजिक भिडियोमा किरण चैसिरको छायांकन, विष्णु शर्माको सम्पादन, यम, शान्ता, टेक, देवराज, जुना, कोपिला, एलिसा र शम्भु मोडलिङ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार