नेपाली मौलिक लोक संगीतको आकाशमा छोटो समयमै नेपाली लोक संगीतप्रेमी दर्शक श्रोत्राको मनमा बास बस्न सफल क्रियासिल उदयमान गायक हुन दिनेश बजगाई ।
लम्कीचुहा नगरपालिका कैलालीमा जन्मिएका दिनेश बजगाई स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थे ।
उनले बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट गायन प्रस्तुती दिदै आएपनि दिनेश बजगाइले २०७२ सालमा रात्री बसमा चढियो लोक दोहोरी गीत रेर्कड गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । जुन गीत सर्वाधिक चर्चामा रहेको छ ।
युवा पुस्ताका आशा लाग्दा गायक दिनेश बजगाइले अहिले सम्म बोली सारै मिठो,बदनाम धैरै भो,घर गरेर खाने,राजेश हमाल विराज भट्ट कस्तो होला मैले हिरो वन्दा,लगाएत आधा दर्जन गीतहरुमा आफनो स्वर रेर्कड गरिसकेका छन ।मेची देखी महाकाली सम्म विभिन्न कार्यक्रममा पुगेका दिनेश बजगाइ समयले भ्याएमा,अवसर पाएमा मोडलिङ गर्न पनि पछि नपर्ने बताउछन ।

1478 पटक हेरिएको 

