मन बहादुर पुन
लोक दोहोरी संरक्षण संर्बद्धनमा लागीपरेकी मौलिक स्वरका धनि अनि वास्तविक मौलिकता झल्काउने लोकप्रिय गायिका सम्झना गुरुङ आजभोली लाइफ दोहोरी गायनमा निकै चर्चाको शिखरमा रहेकी छिन । उनले गायको चामलको चौलानी मनास्लु टेलिभिजनमा सार्बजनिक भए सँगै थप चर्चा बटुल्न सफल भएकिछिन ।
निसिखोला गाँउपालिका १ देविस्थान बाग्लुङ्गमा जन्मिएकी सुमधुर स्वरकी धनि सम्झना गुरुङ मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ ।
सानै उमेर देखि बिभिन्न कार्यक्रमहरुमा आफ्नो गायन प्रस्तुति दिदै आएपनि २०७३ मा तिमलाई सम्झीले लोक दोहोरी गीत रेकडिङ्ग गरि औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरे सँगै एकपछि अर्को गाउने अबसर पाउदा निकै उत्साह बढेको बताउने सम्झना गुरुङले ढोरपाटन र पुर्वी रुकुम, सालैजो, जहाजै चढेर,दाँया बाँया, आयो तिज चलेको रिति, नाँचेर कम्मरै भाचिन्छ तिजको गीत लगाएत एक दर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरुमा आफ्नो स्वर रेकर्डिङ सकेकी छिन ।
देशको बिभिन्न ठाँउको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आइरहेकी सम्झना गुरुङ लाखौ दर्शक श्रोताको मन जित्न सफल हुनुको साथै कैयौ संघ संस्थाबाट सम्मानीत भएकी छिन ।

1338 पटक हेरिएको 

