
मन बहादुर पुन
काठमाडौ । पुर्वी रुकुम जिल्ला पुथाउत्तरगंगा गाउँपालिका १४ नाखामा जन्मिएर नेपाली लोक सांगीतिक क्षेत्रमा बामे सर्दै गरेका एक पात्र हुन पुर्ण बुढा मगर ।
विस सं. २०४५ सालमा बुबा धर्मु बुढा मगर र आमा इर्खा बुढा मगरको कोखबाट जन्मिएका पुर्ण चार भाई मध्यका कान्छो पुत्र हुन ।
२०६५ मा आँशुको पध्यारो एल्बम निकालेर नेपाली लोक सांगीतिक क्षेत्रमा औपचारिक यात्रा गरेता पनि विचमा रोजगारीको शिलशिलामा केहि बर्ष विदेश बसे । पुनः २०७४ सालदेखि पानीमा तेल न तर लाग्छ एल्बम गरेर सांगीतिक क्षेत्रमा फर्किएका छन । उनको सलल ढोरपाटन तल गीतले चर्चा बटुल्न सफल भएको थियो ।
सानै उमेरदेखि लोक संगीतमा रुची राख्ने पुर्ण स्कुले जीवनमा बिभिन्न लोक दोहोरी प्रतियोगीतामा भाग लिएर प्रथम, दोस्रो स्थान हात पारिरहन्थे ।
बिशेष गरेर नेपाली मौलिक लोक संगीत अनुशरण गर्ने विचारधाराका गायक तथा सर्जक पुर्ण बुढा मगरले पछिल्लो समयमा कथा सात समुन्द्रको र मौलिक सालैजो रेर्कडिङ्गको तयारीमा जुटेकाछन भने बुढा मगरको शव्द लयमा भेडी गोठैमा रेर्कडिङ्ग सकेर रुकुमको भेडीगोठमा भिडियो छायांकन गर्ने तयारीमा रहेको छ ।
गायक तथा सर्जक पुर्ण बुढा मगरको शव्द संगीतमा घुमौला जलम्जुङ्ग दरबार सालैजो र दुनियाको कस्तो रिती हो वजारमा आउदै छ । उनले विगत एक बर्षदेखि लेकाली रेर्कडिङ्ग स्टुडियो सञ्चालन गरिरहेकाछन ।
बैदेशिक रोजगारीमा गएका नेपालीहरुको बास्तविकतामा आधारित तलको भिडियो हेरेर MANASLU TV लाई subscribe गरिदिनुहोला ।

1548 पटक हेरिएको 

