नेपाली भाषा, साहिय र कला क्षेत्रमा निरन्तर कलम चलाउँदै पाठकमाँझ गीत गजल, कबिता, उपन्यास लगायतका साहित्यिक कृति तथा दर्शकमाझ लोकदोहोरी गायन र नेपाली चलचित्रमा निर्देशन गर्दै आएका साहित्यकार, पत्रकार, गायक एव चलचित्र निर्देशक मन बहादुर पुनको १३औ कृति त्रिनेत्र उपन्यासको अडियो MANASLU TVको यूटयुवच्यानलमा सार्वजनिक हुने भएको छ ।
“त्रिनेत्र” उपन्यासभित्र आम कथा भन्दा छुट्टै प्रकारका कथा समाबेस गरिएको छ भने यसबाट पाठक र दर्शक श्रोताहरुले छुट्टै किसिमको मजा पाउने विश्वास गरिएको छ । मगरात प्रकाशनबाट प्रकाशित “त्रिनेत्र” उपन्यास धेरै पाठकले मन पराएका कारण यो उपन्यास यूटुवमा लोकप्रिय हुने छ भन्ने लेखक मन बहादुर पुनले विश्वास लिएका छन ।
मौलिक नेपाली बाजाका धुन र गीतहरुले पनि श्रोत्राको मन जित्ने अपेक्षा गरिएको छ। मीठा संगीतहरु “त्रिनेत्र” उपन्यासको अडियोमा रहेको कारण सुन्दा पनि आनन्द आउने छ । त्रिवेणीको रुपमा रहेका कथा गीत र संगीतले गर्दा श्रोतालाई समयमा सकिएझै लाग्नेछ । सुन्दर वाचन शैली अनि गीत संगीतसँगै बगेको “त्रिनेत्र” उपन्यासको कथाले नेपाली साहित्य र संगीतमा नयाँ आयाम थपिने बिश्वास लिइएको छ ।
मन बहादुर पुनद्वारा लिखित “त्रिनेत्र” उपन्यास हेर्नको लागि तलकाे भिडियाे क्लिक गरेर MANASLU TV लाई subscribe गरिदिनुहोला ।

2278 पटक हेरिएको 

