चैत्र २९ गते खर्कबहादुर बुढा मगर र लिलावती बुढा मगर युगल साँझ हुँदै

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  2340 पटक हेरिएको

मन बहादुर पुन

मनास्लु पोष्ट । यहि चैत्र २९ गते राष्ट्रिय नाँच घर जमल काठमाडौमा चर्चित गायक एवं मादल सम्रात खर्क बहादुर बुढा मगर र लिलावती बुढा मगर युगल साँझ–२०७५ हुने भएको छ ।
सल्यान सरोकार समाजद्वारा आयोजना गरिएको खर्क बहादुर बुढा मगर र लिलावती बुढा मगर युगल साँझमा सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख अतिथ्य रहने चर्चित गायक देवीराम राना मगरले मनास्लु पोष्टलाई बताएकाछन ।
चर्चित गायक एवं मादल सम्रात खर्क बहादुर बुढा मगरका चर्चित गीत सोल्टीनीको रातो पछयौरी, दाङको घारी बबै पारी(टप्पा) जुनजस्तै झलल, हुन्छ भने सोल्टीना, चर्चित गायिका लिलावती बुढा मगरको दाई लालै, घर त मेरो सान्नानी हो, सल्यानको पिम खोला, स्यानी मालै, मैना मादल ढोक, तीजमा माइत लगायतका चर्चित गीतहरु युगल साँझमा प्रस्तुत हुने भएको छ भने युगल साँझ–२०७५ कार्यक्रम सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

भरत परियारकाे मार्मिक गीत हेर्न तल क्लिक गर्नुहाेस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार