काठमाडाैं । मान्छे आफ्नो चाहना, सपना र लक्ष्य पाप्तिको लागि कुन हदसम्म मेहनत गर्न सक्छ र कुनै विषयप्रति एउता मान्छेको कुन हदसम्म जिज्ञासा, उत्सुक्ता, लगाव, झुकाव र सर्मपण भाव हुन सक्छ भन्ने कुराको एउता आश्चर्यलाग्दो उदाहरणीय व्याक्ति हुन हर्क बहादुर घर्ती मगर ।
पुर्वी रुकुमको दुर्गम पहाडी गाँउ भुमे गाँउपालिका १ लुकुममा जन्मस्थान भएका समाजसेवी, गीतकार एवं गायक हर्क बहादुर घर्ती मगरले सानै उमेरदेखि संगीत र संस्कृतिप्रति देखाएको रहर र चाहना कुनै पागलप्रेमी भन्दा कम थिएन । उनले गाँउमा हुने कार्यक्रममा आफ्नो अठार मगरातको पोशाक लगाएर टुप्लुक्क पुगिहाल्थे । मादलको तालमा आफ्नो सुमधुर स्वर गुञ्जाउथे । भुमे, पैसेरु, सिंगारु, डिग्रे सारङगा नाँचमा कम्मर मच्चाएर नाच्थे । उनले बालापनदेखि आजको दिनसम्मपनि आफ्नो मौलिक संस्कृति प्रतिको लगाव जस्ताको तस्तै छ, लामो समयदेखि काठमाडौमै बसेर पनि अठार मगरातको अमुर्त संस्कृति भुमे नाँचको नेतृत्व गर्दै नाच्दै नचाउदै आइरहेकाछन ।
समाजसेवी, गीतकार एवं गायक हर्क बहादुर घर्ती मगरले आफ्नै शव्द स्वरमा लोकप्रिय गायक रचनाकार संगीतकार नन्द घर्ती मगरको लयमा आउ है लुकुम गाँउ सालैजो गीत आफ्नै युटुयुव च्यानल HARKA BAHADUR GHARTI LUGUMYALबाट सार्वजनिक गरेकाछन ।उनलाई चर्चित गायिका तुलसा घर्ती मगरले स्वरमा साथ दिएकिछिन ।
सालैजो गीतमा कृष्ण पुनको संगीत संयोजन,खड्क बहादुर पुन (खबपु चञ्चल)को निर्देशन,केशव अधिकारीको छायांकन र विरेन्द्र भाट विपिनको सम्पादनमा तयार भएको भिडियोमा यम गुरुङ,सरस्वती घर्ती, खड्क बहादुर पुन (खबपु चञ्चल),सुरुची मगर, तिलक रोकाले आर्कषक नृत्य गरेका छन ।

2155 पटक हेरिएको 


