‘तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ’ भन्ने यिनै हुन्

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  1096 पटक हेरिएको

काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ।

‘तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुनः डायल गर्नुहोला।’ नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो। नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।

उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ। पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।
अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्। भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्। बिबिसीबाट

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार