गाेपाल नेपाल जि.एमकाे आइएमइ टु ले दर्शककाे माया बटुल्दै

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  पूर्ण बुढामगर  1313 पटक हेरिएको

काठमाडाै ।  गायक तथा सर्जक गाेपाल नेपाल जि.एमकाे अलि फरक खालकाे दाेहाेरी गीत IME-2 यूट्युब बजारमा सार्बजनिक भएकाे छ ।आइएमइ टु गीतमा स्वयम् गायकलाई जुमा डाँगीले स्वरमा साथ दिइकी छिन् । शब्द/संगीत गाेपाल नेपाल जि.एमकाे रहेकाे छ भने कृष्ण भान्जकाे एरेन्जर, कुमार राना मगरकाे मिक्सीङ (मारुनी)रहेकाे छ ।

आइएमइ टु गीतमा गायक जि.एम अणु शाह र अन्जली चन्द ठकुरीकाे उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस गीतलाइ माैसम हिमालीले न्याय पूर्ण दिएर निर्देशन गरेका छन् भने करण चैसिरले छायांकन र प्रबिन भट्टकाे सम्पादन गहेका छन ।सबै पक्षबाट उत्कृष्ट गीत गायक जि.एमकाे आफ्नै आधिकारीक युट्युब च्यानलबाट सार्बजनिक भएकाे छ ।

बैजानाथ गाउपालिका ८ बाँकेमा, बुबा पदम बहादुर घर्ती र आमा टिकी घर्तीकाे खाेकबाट जन्मिएका चार भाईमध्ये कान्छाे पुत्र  गायक जि.एमकाे IME-1 पनिअति चर्चा बटुल्न सफल भएकाे थियाे । उनकाे  नक्कली माेरी, साउदी मलिसिय लगायतका गीत चर्चित छन ।  ६०/७० वटा गीतमा स्वर भरी सकेका गायक २०६८ देखि साँगीतिक क्षेत्रमा सकृय छन् ।

भिडियाे हेर्न तलकाे लिङक क्लिक गर्नुहाेला ।

 

https://www.youtube.com/watch?v=S3CqT3qOBJU

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार