
मन बहादुर पुन
काठमाडाैं । जाँउ न बुढा जाँउ……….. चर्चित मौलिक तीजको गीत गाएर नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइ सकेकी पश्चिमेली गायिका प्रेमा राना मगर आजभोली स्टेज कार्यक्रममा बेस्त रहदै आएकी छिन ।
जैमनी नगरपालिका ७ बाग्लुङमा जन्मिएकि प्रेमा राना मगर स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थिन यहि लोक भाका र दर्शक श्रोत्राको मायाले उनले गायिक बन्ने लक्ष्य बोकी पोखरा झरेर आफ्नो तीजको गीत रेकडिङ गरि औपचारिक रुपमा सांगीतिक यात्रामा लागिन ।
उनि पोखराको केहि बसाइ पछि काठमाडौ झरे सँगै बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट गायन प्रस्तुती दिदै आइन र कोलगेट इमेज लोक कलाकार सिजन वानको टपटेन सम्म पुग्न सफल भइन ।
युवा पुस्ताका आशा लाग्दा गायिक प्रेमा राना मगरले अहिले सम्म बाटै र मुनि(सालैजो) एउतै बाटो एउतै रणवन, मायाको अदालत, नाच्ने हो दुइफन्कोे लगायत दुई दर्जन मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याइ सकेकि छिन ।
विभिन्न गीत,फिल्म, डकुमेन्ट्री, मनोरञ्जनात्मक कार्यक्रम हेर्न MANASLU TV लाई subscribe गरिदिनुहोला ।

2207 पटक हेरिएको 

