किरण बाबु पुनको बहुप्रतीक्षित गीत “समय”बजारमा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मन बहादुर पुन  1126 पटक हेरिएको

मन बहादुर पुन

काठमाडाैं ।  विगत लामो समय देखि गीत संगीत क्षेत्रमा दर्शक-श्रोताहरू माझ परिचीत नाम हो किरण बाबु पुन । संयौ गीतहरू बाट श्रोता तथा दर्शकहरूको मन जित्न सफल किरण बाबु पुनले पछिल्लो समय कृष्ण फिल्मस् मार्फत “समय” नामक गीत बजारमा लिएर आएका छन । किरण बाबु पुनकै शब्द/संगीतमा रहेको यस गीतमा भारतीय चर्चित गायिका सन्जीवनी र किरण बाबु पुनको आवाज रहेको छ ।

यसको भिडियो निर्देशन वरिष्ठ निर्देशक बाबुराजा केसी (उज्ज्वल) ले गरेका छन् । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा केशब बडुले एरेन्जर र कुमार सानु पुनले मिक्सिङ्ग गरेका हुन् । मधुर बस्नेतको छायांकन,नबिन घर्तिको सम्पादन,प्रेम थापा र सुशिला थापाको अभिनय रहेको यस गीत हरेक दृष्टिबाट उत्कृष्ट रहेको छ।यस गीत बारे किरण बाबु पुन यसो भन्छन् :- मैने निकै मेहनत गरेको छु ।

यो अर्थमा कि यस गीतमा पनि “बाचा” गीतमा प्रयोग गरिएको एक गीतमै तीन बिषयवस्तु जस्तै यसमा पनि त्यो निरन्तरता एवम् झनै परिष्कृत गर्ने कोशिश गरेको छु।साथै यस गीतको म्युजिक भिडियोमा एउटा इतिहास छ त्यो इतिहासका जन्मदाता आदरणीय दाइ बाबुराजा केसी हुनुहुन्छ र सबै टिमको उत्तिकै मेहनत रहेको छ बाँकी आदरणीय श्रोता दर्शककै हातमा सुम्पिन चाहन्छौँ।स्मरण रहोस् यो भन्दा पहिले पनि सन्जीवनी र किरण बाबु पुनको आवाजमा सजिएको र समय युनिटकै सहकार्यमा बजारमा आएको “बाचा”ले जनमनको मन जित्न सफल रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार