सरस्वती लामा भन्छिन्ः आम्दानीनै नभएको मान्छेको मैले कसरी एक करोड ठग्न सक्छु ?

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  819 पटक हेरिएको

काठमाडौं । स्टेज कार्यक्रममा अश्लिल हर्कत गरेर चर्चामा आएकी गायिका सरस्वती लामाले श्रीमान धनबहादुर लामाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छिन् । आफ्नो ज्यान खतरामा रहेको भन्दै लामाले कुनै पनि बेला आफु मारिन सक्ने भन्दै जीवनरक्षाका लागी पनि आग्रह गेरेकी छिन् ।

आइतवार संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै लामाले आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दुख दिइरहेको बताइन । यस अघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठगि गरेको आरोप लगाए पछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रतिवाद गरेकी छिन् । आफुले उक्त रकम ठगि गरेको भए प्रमाण सहित आउन पनि सरस्वतीले चुनौती दिएकी छिन् ।

६ बर्ष अघि देखिनै श्रीमान सँगको सम्बन्ध विग्रिएको बताउँदै उनले आफुले डिभोर्स मागेका कारण गलत आरोप लगाएर आफुलाई बदनाम गराउँन खोजेको बताइन । ११ बर्ष अघि धनबहादुर लामा सँग विवाह गरेर आफु पनि लामा भएको तर आज बाट आफ्नो परिचय सरस्वती लामा नभएर सरस्वती भुजेल भएको समेत उनले दावी गरिन् ।

विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रेसन गरि पाठेघर फाल्न लगाएर आफ्नो बच्चा नहुने बनाएको सरस्वतीको आरोप छ । ‘एक करोड आम्दानीनै नभएको मान्छेको मैले कसरी एक करोड ठग्न सक्छु ?’ सरस्वतीले भनिनन् ।

६ बर्ष अघि नै बिग्रिएको सम्बन्ध किन अहिले सम्म बाहिर ल्याउनु भएन भन्ने प्रश्नमा सरस्वतीले घरायसी कुरालाई किन बाहिर ल्याउँनु भनेर आफु चुप लागेर बसेको तर धनबहादुरनै आफ्नो बदनाम गराउँन मिडिया बाजी गर्न थालेपछि आफु बाध्य भएर यथार्थ कुरा राख्न मिडियामा आएको बताइन ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार