
काठमाडौं । विदेशमा बसेर पनि नेपाली लोक संगीत र संस्कृति उत्थान एवं रुपानतरणको लागि निरन्तर लागि रहेका लोकप्रिय गायक, संगीतकार एवं साहित्यकार गडुल ध्वज गुरुङले बोली मोहनीबाट लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतमा ‘जिनियस म्युजिक अवार्ड–२०७५ हात पार्न सफल भएका छन ।
नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको थियो ।
अवार्ड पाएपछि यस्तो लेखे गडुल ध्वज गुरुङ (जिमी)ले (पुर्णपाठ)
शुभ प्रभात,नमस्कार, छयांजलो, मिती ११ जेष्ठ २०७६ का दीन मेरो जीवनमा अविस्मरणीय क्षण रह्यो । २०औं बर्षको मेरो सांगीतिक यात्रामा भोगेका अनेकौं पीडाहरुलाई एकपलमै भुल्ने सौभाग्य पाए । मैले जीवनमा पहिलो प्रयास गरेको (कौडा गीत,बोली मोहनी) मौलिक गीत विधा अन्तर्गत,हिजो सम्पन्न GMA Music Award २०७५ बाट Awarded हुन सफल भएकोछ। यो सम्मान प्रदान गर्नुहुने आयोजक Jenius Music,लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । यसैगरी यस गीतका सर्जक बरिष्ठ सङ्गीतकार श्रदेय कृष्ण गुरुङ ज्यू लाई बिषेश धन्यवाद तथा आभार ब्यक्त गर्दछु ।चर्चित लोक दोहोरी गायिका बबिता गुरुङ,बरिष्ट नृत्य निर्देशक याम गुरुङ ज्यू साथै बरिष्ठ सङ्गीत संयोजक जुजु गुरुङ ज्युलाई धन्यवाद तथा आभार ब्यक्त गर्दछु । मलाई यो सफलता दिलाउन बिशेष भुमिका निर्वाह गर्नु हुने मेरो मामा राम बहादुर गुरुङ (ध्रुब) बहिनी जमुना गुरुङ, पूज्य बुवा शिब राज गुरुङ, साथै गीत सङ्गीतमा हमेशा अभिप्रेरित गर्ने मेरी जीवन सँगिनी प्रती आभार व्यक्त गर्दछु । साथै बिभिन्न स्थान बाट मलाई माया, प्रोत्साहन र आशिर्वाद दिनुहुने तपाईंहरु सम्पुर्ण घर परिवार,आफन्तजनहरु, साथीहरू, तमाम शुभचिन्तक ज्यू हरुमा हार्दिक धन्यबाद तथा नमन गर्दछु । आगामी दिनहरुमा पनि हजुरहरुको यस्तै न्यानो माया,साथ आशिर्वाद पाईनै रहने बिस्वास ब्यक्त गर्दछु । अन्तमा यो सफलता पछि फेशबुक मेसेन्जर,भाईवर तथा अन्य धेरै Online मिडियाहरु बाट शुभकामना सन्देस पठाउनु हुने तपाईहरु सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु। धन्यवाद । जय गीत जय सङ्गीत।

1343 पटक हेरिएको 

