ठट्यौली गीतबाट चर्चामा आएकि गायिका ईश्वरी राना मगर

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  पूर्ण बढामगर  2294 पटक हेरिएको

पूर्ण बढामगर,

काठमाडौं। कुनै जमनामा नेपाली लाेक सांगीतिक क्षेत्रमा निकै चर्चित नाम हाे शिला आले तीनै गायिका शिला आलेलेकाे प्रेरणा र सहयाेगले नेपाली सांगीतिक क्षेत्रमा हाेम्मिएकि राप्ती नगरपालिका ७ चितवनमा जन्मिएकी गायिका ईश्वरी राना मगर एक पछि अर्काे सांगीतिक सफलता हात पार्दै आइरहेकिछिन ।

बि.सं. २०६५ सालमा आज नगद भाेली उदाराे बाेलकाे गीतसंगै उनकाे अैापचारिक रूपमा सांगीतिक यात्रामा प्रबेश गरेकि ईश्वरी रानामगरले अहिले सम्म दर्जनाै गीतहरूमा स्वर भरी सकेकि छिन भने खाउली केरा बाेलकाे ठट्यौली गीतले राम्रै चर्चा पाएकाे थियाे ।

पछिल्लाे समयमा देशका विभिन्न ठाउँका  कार्यक्रमहरुमा ब्यस्त रहदै आएकि ईश्वरी रानामगरले आउदाे तीजकाे काेशेली `मेराे माया गएकाे कहाँ हाेर ?´बाेलकाे गीत लिएर दर्शकमाझ आउने बताएकिछिन्।

सानै उमेरदेखि गाउने नाच्ने भनेसी हुरुक्कै हुने र विभिन्न प्रयाेगिताहरुमा प्रथम स्थान हासिल समेत गर्थिन ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार