बलिउड निर्देशक महेष भट्टलाई अण्डरवल्र्ड गिरोहले ५० लाख नदिए छोरी आलिया भट्टलाई मार्ने धम्की दिएको छ । ५० लाख नदिए छोरी आलिया र श्रीमति सोनी राजदानलाई मार्ने धम्की दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सुरुमा कसैले फोन गरेर ५० लाख माग्दा भट्टले आफूलाई कोहि व्यक्तिले जिस्क्याएको अनुमान गरेका थिए । जब सोही समुहले ५० लाख चाहियो भन्दै म्यासेज पठायो, त्यसपछि भट्ट प्रहरीमा उजुरी गर्न पुगे ।
५० लाख माग्नेले निर्देशक भट्टलाई आफु कुनै ग्याङको लिडर हुँ भन्दै परिचय दिएको थियो । धम्की दिनेले लखनउको बैंकमा पैसा जम्मा गर्न भनेका थिए । प्रहरीले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।

950 पटक हेरिएको 

